२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

टिओआरलाई अन्तिम रुप दिन कार्यदल बैठक सिंहदरबारमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)लाई अन्तिम रूप दिन कार्यदल बैठक बसिरहेको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदल सदस्यहरू छलफलमा जुटेका हुन्।

कार्यदल बैठकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बलुवाटारमा सत्ता र प्रतिपक्षी दलहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिनेछ। यसअघि छानबिन समिति बनाउँदा टिओआरमा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडानबाट कांग्रेस पछि हटेपछि दलहरू सहमतिमा पुगेका हुन्।

कांग्रेसले सोमबार साँझ भएको सहमतिलाई पार्टीको संसदीय दलको बैठकबाट अनुमोदनसमेत गरिसकेको छ। कार्यदलले अन्तिम रूप दिएपछि कार्यादेश शीर्ष नेताहरूले टुंग्याउनेछन्।

सरकार र कांग्रेसबीच ७ सदस्यीय संसदीय छानबिन समिति बनाउने सहमति भएको छ। कांग्रेसले आफ्नो पार्टीबाट ३ बजेभित्रमा समितिमा रहने सदस्यको नाम दिइसक्ने प्रमुख सचेतक रमेश लेखकले बताए।

कार्यदलमा एमाले र कांग्रेसबाट दुई-दुई जना, माओवादी, रास्वपा र राप्रपाबाट एक-एक जना रहने छन्। समितिलाई प्रतिवेदन बुझाउन ३ महिनाको समय दिइएको छ। आज साँझ बस्ने प्रतिनिधिसभा बैठकबाट समितिले वैधानिकता प्राप्त गर्नेछ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।