२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

मोटरसाइकल चोरेको आरोपमा कपनबाट दुई जना पक्राउ

काठमाडौँ । मोटरसाइकल चोरेको आरोपमा ट्राफिक प्रहरीले कपनबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–२ छापा घर भएका बसुन्धारा बस्ने २८ वर्षीय रवीन्द्र तामाङ र कपनमा बस्दै आएका २० वर्षीय कृष्ण तामाङ छन् ।

टोखा नगरपालिका–१० स्थित महादेवटारबाट उनीहरूले बागमती प्रदेश–०२–०३२ प ९५७१ नम्बरको मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो मोटरसाइकल उनीहरूले नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा बरामद गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।