२०८२ माघ २ शुक्रबार
२०८२ माघ २ शुक्रबार

चार जना एसएसपी डिआइजी पदमा बढुवा,काेकाे ?

काठमाडौं । नेपाल सरकारको मन्त्रीपरिषद्ले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक(डिआइजी) पदमा ४ जनालाई बढुवा गरेको छ ।

प्रहरी नायव महानिरीक्षकहरूमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा.मनोज कुमार केसी र राजन अधिकारी रहेका छन् ।

आज उनीहरुलाई दर्ज्यानी चिन्ह सुशोभनक समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको गौरव र गरिमालाई नयाँ आयाम र उचाईमा पुर्‍याउन पदीय हैसियतले निर्वाह गरेको भूमिका सदैव मूल्याङ्कन हुने भएकोले सकारात्मक उर्जा, मेहेनत लगन र ईमान्दारिताका साथ सांगठानिक विकासमा जुट्न र विशिष्टकृत ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिए । नेपाल प्रहरीबाट सम्पादित काम, प्रदर्शित व्यावसायिकता र निर्वाह गरेको भूमिकाप्रति समाज र नगारिकले चासो र महत्वकोसाथ हेर्ने गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “प्रहरी संगठनलाई जनमुखी, पारदर्शी र निर्विकल्प अंगको रूपमा स्थापित गराउन हामी सबैको साझा चिन्तन, क्रियाशीलता र पदीय दायित्व अनुरूपको जिम्मेवारी वहन पनि त्यतिकै आवश्यक रहेको छ ।”

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।