२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

रोयल कपनको दोहोरो जित

काठमाडौं, जेठ १३ गते । रोयल कपनले प्रथम भ्याली पब्लिक एसइइ कप ब्वाइज फुटसल प्रतियोगिताको पहिलो दिन आइतबार दोहोरो जित हात पारेको छ ।


भंगालस्थित आयोजक भ्याली पब्लिक स्कुलको फुटसल कोर्टमा रोयलले ड्रागन एलिट एफसीलाई ३–२ तथा समृद्धिलाई १०–२ गोलले पराजित गरेकाे थियाे ।


अन्य खेलमा जुगल नव गुरुकुलले साइप्रेसलाई ९–४, टोखा एफसीले टिम बिस्टलाई ३–१, डाउन टाउनले इन्साइट भिजन ‘बी’ लाई ५–४, दि सेभेन ब्रोसले साइप्रेसलाई ४–१, विद्या आर्जनले भ्याली पब्लिक ‘बी’ लाई ७–२, ड्रागन एलिटले भ्याली पब्लिक ‘बी’ लाई नै ५–३ र सेक्रेड हार्टले भ्याली पब्लिक ‘ए’ लाई ४–१ ले हराएकाे छ ।


प्रतियोगिताको भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । नगद पुरस्कारबाहेक विजेता टोलीका प्रत्येक खेलाडीले ६०, उपविजेताले ३० तथा सहभागीले १० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । फाइनल मंगलबार हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।