काठमाडौं । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको बैठकमा राखेकाे प्रस्ताव बैठकले बहुमतले पारित गरेको हाे ।
दाहालले बैठकमा ‘राष्ट्रपतिले २०८१ जेठ १ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लिखित आव २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ समेत प्रधानमन्त्रीले दिएका छन्।