२०८२ फाल्गुन १ शुक्रबार
२०८२ फाल्गुन १ शुक्रबार

जोन्टा क्लब काठमाडौंले गर्‍यो ‘उत्कृष्ट १० महिला’लाई सम्मान

काठमाडौं । जोन्टा क्लब काठमाडौंले सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रहरूका उत्कृष्ट १० जना महिलालाई सम्मान गरेको छ । ‘पहेँला गुलाब दिवस’को कार्यक्रममा जोन्टा क्लब काठमाडौंले लैंगिक समानतामा काम गर्ने उनीहरूलाई सम्मान गरेको हो ।

बन्दना राणालाई राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार २०२४, सुनिता डंगोललाई अमर राणा जेम चेन्जर पुरस्कार २०२४, सरिस्मा बस्नेत र प्रेरणा सापकोटालाई ज्योति छात्रवृत्ति पुरस्कार २०२४ अवार्डबाट सम्मान गरिएको छ ।

यस्तै, खुसी श्रेष्ठ र दीप्ति गौतमलाई इन्द्रकला छात्रवृत्ति पुरस्कार २०२४, अनसङ शेर्पा, मैया श्रेष्ठलाई फोटोग्राफर, सुनिता कोइरालालाई बाइक मेक्यानिक, यशोधरा थापालाई पाइलट प्रशिक्षक र रजनी श्रेष्ठलाई बडीविल्डर अवार्डबाट सम्मान गरेको छ ।

साथै, जोन्टा क्लब काठमाडौंले हिंसाबाट पीडित भएकाहरूलाई कानुनी सेवा दिने वकिलहरूको पहिचान गरेर सम्मान पनि गरेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।