२०८२ कार्तिक २५ मंगलवार
२०८२ कार्तिक २५ मंगलवार

पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्छ-सदस्य सचिव घिसिङ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद पत्रकारिता अब शोध तथा अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन् ।


नेपाल खेलकुद पत्रकार मञ्चको १९ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै खेलकुद पत्रकारिता खेलकुद विकासको अहम् पाटो रहेको बताउँदै पत्रकारहरुले सबै खेलकुद संघका समाचारलाई प्राथमिकतामा राख्दै अगाडि वढ्नुपर्ने बताए ।


उनले भने, ‘पत्रकारिताको आयाम फेरिरहेको छ । यस्तोमा खेल पत्रकारले खेल जगतलाई दीर्घकालिन प्रभाव पार्न सक्ने समाचारमा ध्यान दिनु जरुरी छ ।’


होटल क्राउन प्लाजामा भएको उद्घाटन सत्रमा नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले नेपाली खेलकुदमा नयाँ खेलाडीहरु उत्पादन हुनु जरुरी रहेको बताउँदै एकै जना खेलाडिले लामो समय कब्जा जमाउनु भनेको खेलकुदको विकास नहुनुको सुचक रहेको बताए । त्यस्तै नेपाल पौडी संघका नवनियुक्त अध्यक्ष जगतमान श्रेष्ठले भने, ‘खेलकुद पत्रकार मञ्चले प्रजातान्त्रिक ढंगमा जसरी संस्थालाई हाँकीरहेको छ, त्यसबाट सबै राष्ट्रिय खेल संघले सिक्नुपर्छ ।’


छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।