२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

‘टीओआर’ टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंग्याउन कार्यदलको बैठक सिंहदरबारस्थित कानुन मन्त्रालयमा बैठक बसिरहेको हो ।

बैठकमा कानुनमन्त्री पदम गिरी कांग्रेसका जीवन परियार र ज्ञानेन्द्र कार्की, एमालेका महेश बर्तौला र रास्वपामा शिशिर खनाल सहभागी छन् ।

कार्यदललाई संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउने जिम्मेवारी छ ।

विभिन्न सहकारीमा बचत गरिएको रकम हिनामिना गरिएको र त्यसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको थियो ।

प्रमुख दलहरूबीच समिति गठनमा सहमति भए पनि त्यसको कार्यादेशको विषयमा सहमति जुट्न सकेको छैन ।

कांग्रेसले लामिछानेको नाम नै उल्लेख गरेर समितिलाई टीओआर दिनुपर्ने पक्षमा छ । एमाले र रास्वपाले भने नाम तोक्न अस्वीकार गरेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।