२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

निकी हेलीले डोनाल्ड ट्रम्पलाई मत दिने

वासिङटन । अमेरिकाको रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदको उमेदवारको प्रतिस्पर्धामा रहेर पछि बाहिरिएकी निकी हेलीले सन् २०२४ को चुनावमा आफूले डोनाल्ड ट्रम्पलाई मत दिने बताएकी छन् ।

उनी ट्रम्प प्रशासनको पालामा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि रहिसकेकी छन् । उनी पछिल्लोपटक आन्तरिक प्रतिस्पर्धाबाट बाहिरिएपछि ट्रम्पको समर्थन गरेकी थिइनन् । सुरुमा निकीले ट्रम्पलाई अप्ठ्यारो पार्न सक्ने अनुमान गरिएको थियो ।

बुधबार निकीले ट्रम्प राष्ट्रपतिका रूपमा पूर्ण नभए पनि अहिलेका जो बाइडेन विनाशकारी भएको बताएकी छन् ।

बाइडेनले निकी समर्थितलाई आफ्नो साथमा लिने प्रयास गरेका थिए । उनका समर्थक उदारवादी र स्वतन्त्र मतदाता छन् । त्यो भनेको त्यस्तो वर्ग हो, जसले डेमोक्रेटिक पार्टीमा निर्णायक कदम चाल्न सक्छ । बीबीसीबाट

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।