२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

राष्ट्रिय फुटबल टोली विश्वकप छनोटको तयारीका लागि मलेसिया जाँदै

काठमाडौं : फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरिएको छ।
मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष लगाएत पदाधिकारीहरूले राष्ट्रिय टोलीलाई विदाइ गरेका हुन्। मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ।

खेलाडी विदाइ कार्यक्रममा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपालमा पनि राम्रो तयारी भएको र मलेसियामा हुने अभ्यास पनि आगामी खेलका लागी महत्वपूर्ण सावित हुने बताए। बहराइनसँग स्वदेशमा खेल हुँदा त्यसको थप फाइदा नेपाललाई हुने भए पनि बहराइनमा नै खेल हुँदा पनि उच्च मनोवलका साथ मैदान उत्रने उनले बताए।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ। पूर्व निर्धारित खेलअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।