२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

भारतमा वेपत्ता बङ्गलादेशी सांसद्को खोजी सुरू

नयाँदिल्ली । गत हप्तादेखि भारतबाट बेपत्ता भएका बङ्लादेशको सत्तारूढ पार्टी अवामी लिगका सांसद्को खोजी गर्न उच्चस्तरीय खोजी अभियान सुरु भएको छ ।

बेपत्ता सांसद अनवारुल आजिम मे १२ मा भारत प्रवेश गरी मे १३ मध्यान्नतिर साथीहरूसँग मेडिकल जाँचका लागि कोलकाता नजिकैको बिधाननगरको घरमा अन्तिम पटक देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

कोलकाताको बिधाननगरमा बस्दै आएका उनी निकट स्रोतका अनुसार आजिमले दिल्ली जाने बताएका थिए तर मे १३ देखि हालसम्म उनीसँग सम्पर्क भएको छैन । ढाकामा उनको परिवारलाई बिधाननगरका साथीले उनी दिल्लीतर्फ जाने बताएको मोबाइल सन्देशमार्फत् जानकारी गराएको बताइएको छ ।

सञ्चारको अभाव अचानक बेपत्ता भएको भन्दै चिन्तित सांसदका पारिवारलगायत सांसदकी छोरीले बुबासँग सम्पर्क गर्न असमर्थ भएको जनाएका छन् । परिवारले बिधाननगरको बारानगर पुलिस स्टेसनमा बेपत्ता भएको उजुरी दिएको छ ।

सांसद् अजिमको परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “छोरीले बुबासँग कुराकानी गर्न सबै परिचितहरूलाई फोनमा सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।”

दिल्लीका उच्चायुक्त र कोलकातास्थित बङ्गलादेशी बाणिज्य दूतावासले खोजीका लागि समन्वय गरेपछि भारतीय अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

सांसदको परिवार र साथीहरूले भारत भ्रमण मुख्यतया चिकित्सा उद्देश्यका लागि भएको बताएका छन् । रासस

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।