२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

काभ्रेमा दम्पती मृत भेटिए, हत्या गरिएको आशंका

धुलिखेल– काभ्रेपलान्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ तीनखुट्टेमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका डीएसपी राजकुमार श्रेष्ठका अनुसार ६० वर्षीय मानबहादुर बल र उनकी श्रीमती ५० वर्षीया केकाइमाया तामाङ मंगलबार आफ्नै घरमा मृत फेला परेका हुन्। मानबहादुरको शव घरको पसलमा तथा केकाइमायाको शव भान्छा कोठामा मृत फेला परेको हो।  

टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए। तर कसले र किन हत्या गर्‍यो भन्ने खुलिनसकेको उनले बताए।

प्रहरीका अनुसार उक्त घरमा उनीहरू दुई जना मात्रै बस्दै आएका थिए। 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।