२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ह्विप जारी गरेको छ । नाउपाकी अध्यक्ष तथा संसदीय दलकी नेता रञ्जिता श्रेष्ठले मंगलवार साँझ ह्विप जारी गरेकी हुन् ।

प्रधानमन्त्री प्रचण्ड बुधवार प्रतिनिधिसभामा विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयमा जानकारी गराएसँगै नाउपाले ह्विप जारी गरेको हो ।

‘बुधवारको प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठकको निर्णयबमोजिम अनिवार्य उपस्थित हुन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्न (निर्देशन) ह्विप जारी गरिएको ब्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि नाउपाको रेशम चौधरी पक्षले भने संघीय सरकारमा सहभागी नहुने निर्णय गरेको थियो ।
मंगलवार बसेको संस्थापक केन्द्रीय सदस्यहरूको दुई–तिहाइ बहुमतको निर्णयले केन्द्र सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको सो समूहको भनाइ थियो ।

अहिले नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र पूर्वअध्यक्ष रेशमबीच विवाद छ । रेशम पक्षधरहरू सुदूरपश्चिम सरकारमा सहभागी भएका छन् । तर केन्द्रमा भने उनीहरूले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई समर्थन नगर्ने भएका हुन् ।

रञ्जिता पक्ष भने वर्तमान गठबन्धनतिर लचक र नेपाली कांग्रेससँग टाढा देखिएको छ । नाउपाका ४ जना संघीय सांसद छन् । ती कुन पक्षमा लाग्नेछन् त्यो भने बुधवार थाहा हुनेछ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।