२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

सिंहदरबारका नेतालाई बालेनले भने-‘को को जुध्न आउने हो,आए हुन्छ,कसैलाई बाँकी छोडिदैन’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार केन्द्रित नेताहरुमाथि आक्रोस पोखेका छन् । आइतबार साँझ बालेनले सामाजिक सञ्जालमार्फत फोहोर बोक्ने गाडीका चालकलाई नियन्त्रणमा लिइएको बताउँदै आक्रोश पोखेका हुन् ।

उनले फोहोर बोक्ने सवारी चालकहरूलाई प्रहरीले रिहा नगरेसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठाउने चेतावनी समेत दिएका छन् । भ्रष्टलाई समाउन सक्नुभएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ, यो सरकारले । जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिदैन, उनले लेखेका छन् ।

उनले भनेका छन् -‘को को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाकिँ छाडिदैन ।’

बालेनले आज विहान गिरीबन्धुमा जग्गा लिन खोज्ने केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम पनि सार्वजनिक गरेको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।