२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

ललितपुरमा गुण्डागर्दी गरेको आरोपमा काभ्रेका दुईजना पक्राउ

काठमाडौं : कुटपिट अङ्गभङ्ग सम्बन्धी कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-४ घर भई ललितपुर इमाडोल बस्ने २६ वर्षीय मिलन तामाङ र काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-७ भक्तपुर सल्लाघारी बस्ने २८ वर्षीय विजय लामा रहेका छन् ।   

उनीहरूले काठमाडौं कोटेश्‍वरस्थित केएलसी क्लव अगाडि २०८० फागुन १७ गते एक जना पुरूषलाई अङ्गभङ्ग हुने गरी कुटपिट गरी घटना पश्चात फरार रहेकोमा ललितपुरका विभिन्न स्थानहरूमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका-१४ महालक्ष्मीस्थानबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त नयाँबानेश्‍वर पठाइएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।