काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको छ ।

सोमबार बिहान बसेको कांग्रेस संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन सांसदहरुलाई ह्वीप जारी गरेको हो ।
त्यस्तै कांग्रेसले संसदको अवरोध जारी राख्ने निर्णय पनि गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।












