२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

कांग्रेसलाई रविको प्रश्न ; मैले गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठाउनेले प्रधामन्त्रीको अफर किन गरेको ?

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।

आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।

‘म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्रीको अफर गर्नेको प्रस्ताव डेट एक्सपायर भयो कि भएन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले घटालथानमा हात राखेर भनुन् ।’

उनले आफूलाई मध्यराति प्रधानमन्त्री अफर गर्नेहरूले त्यसलाई अस्वीकार गर्दा भोलिपल्ट संसद् घेर्न थालेको बताए ।

‘मलाई राति प्रधानमन्त्रीको अफर आयो । मैले अस्वीकार गरेँ’, उनले भने, ‘अनि भोलिपल्ट संसद् अवरुद्ध, त्यसपछि छानबिन समिति माग गरियो । यो कुरा हामीलाई सह्य हुने छैन ।’

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।