२०८२ माघ ३ शनिबार
२०८२ माघ ३ शनिबार

प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै उपेन्द्र पुगे सर्वोच्च

काठमाडौँ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

जसपा विवादको टुंगो लागिनसकेको अवस्थामा प्रचण्डले संसद्मा लिने विश्वासको मतले वैधता नपाउने दाबी गर्दै उनले त्यसलाई रोक्न रिटमा माग गरेका हुन् ।

यादवको रिट सर्वोच्च आइपुगेको र आवश्यक प्रक्रिया पुर्‍याएर दर्ता गर्ने तयारी भइरहेको सर्वोच्चका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए ।

यादवले जसपा नेपालबाट अलग भएका सातजनाले विश्वासको मत प्रक्रियामा भाग लिन नमिल्ने दाबी गरेका छन् । उनीहरू जसपा नेपाल र जसपा दुवैको सांसद नभएको र पार्टीविहीन भएको उपेन्द्रकाे जिकिर छ ।

प्रधानमन्त्री सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि उनले संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।