२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

टीओआरमा सहमति जुट्न नसक्दा प्रतिनिधि सभा बैठक २ बजेलाई सर्‍यो

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारिएको छ ।

सहकारी ठगीमा छानबिन गर्न संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक लम्बिँदा प्रतिनिधि सभा बैठक प्रभावित बनेको हो ।

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बैठक आजै दिउँसो २ बजे बस्ने गरी निर्धारण जानकारी दिए ।

‘आज मिति २०८१ साल जेठ ६ गते आइतबार बिहान ११:०० बजे बस्नेगरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारण उक्त समयमा बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले सभाको बैठक आजै दिनको २:०० बजे बस्ने गरी निर्धारण गर्नुभएको छ’, जारी सूचनामा भनिएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।