२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

संसदीय छानबिन समितिको टीओआरमा सहमति नभएपछि प्रतिनिधिसभा अनिश्चित

काठमाडौँ । संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुट्न नसकेपछि आइतवार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक अनिश्चित बनेको छ ।

नेपाली कांग्रेससहितका विपक्षी दलले संसदीय छानबिन समितिको टीओआरमा सहमति नजुट्दासम्म बैठक नचलाउन आग्रह गरेका छन् ।

विपक्षी दलको आग्रहमा बैठक बस्न ढिला भएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

संसदीय समितिको टीओआरमा सहमति खोज्न कानून मन्त्रालयमा कार्यदलको बैठक बसिरहेको छ । कानूनमन्त्री पदम गिरीको कार्यकक्षमा जारी बैठकमा कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला र रास्वपाका शिशिर खनाल छन् ।

संसदीय छानबिन समितिको टीओआरमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्ने–नराख्ने विषयमा सहमति जुट्न सकेको छैन । बैठकमा सहभागी हुन कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक पनि सिंहदरबार पुगेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।