२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

चार सदस्यीय पारा तेक्वान्दो टोली भियतनाम जाने

काठमाडौँ । नेपाली खेलाडीले भियतनाममा आयोजना हुने नवौँ एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी– ४) मा सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार भियतनामको दनाङ प्रस्थान गर्नेछ ।

टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले बिदाइ गरे । सदस्यसचिव घिसिङले खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै विदेशी प्रशिक्षक झिकाउन नेपाल तेक्वान्दो संघले तदारुकता देखाउनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा पलेशा गोवर्धनले महिला ५७ केजीमुनि, भरतसिंह महताले पुरुष ५८ केजीमुनि र अमिर भ्लोनले पुरुष ६३ केजीमुनिको तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । प्रतियोगितामा ३१ राष्ट्रिका खेलाडी सहभागी हुने बताइएको छ ।

पलेशाले छनोट चरण पार गरेर पेरिस पारा ओलम्पिकमा सहभागिता निश्चित गरिसकेकी छिन् । छनोट चरण पार गरेर पारा ओलम्पिकमा सहभागिता पक्का गर्ने पलेशाले पहिलो र एकमात्र नेपाली खेलाडी पनि हुन् ।

पलेशा गत चैतमा चीनमा भएको एसियाली छनोटमा स्वर्ण पदक जित्दै पेरिस पारा ओलम्पिकमा छनोट भएकी थिइन् । पलेशा चौथो एसियाली पारा खेलकुदको कांस्य पदक विजेता खेलाडी पनि हुन् । उक्त पदक नेपालले पारा एसियाली खेलकुदमा हासिल गरेको एकमात्र पदक हो ।

पलेशाले सन् २०२१ मा बहराइनमा भएको युथ एसियन गेम्समा स्वर्ण पदक र सन् २०१८ मा भियतनाममा भएको एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्य पदक जितेकी थिइन् ।

अमिर र भरतलाई पेरिस पारा ओलम्पिकमा सहभागिता गराउन ‘वाइल्ड कार्ड’ का लागि नेपाल तेक्वान्दो संघले आवेदन दिएको छ । एसियन च्याम्पिनसिपबाट र्याङ्किङमा आउन र ¥याङ्किङमा सुधार गर्न मद्दत पुग्ने भएकाले अमिर र भरतलाई प्रतियोगितामा सहभागी गराइएको हो ।

प्रशिक्षकको भूमिकामा रहेका लामाले सन् २०१५ देखि पारा तेक्वान्दो प्रशिक्षकको जिम्मेवारी सम्हाल्दै आएका छन् । उनको प्रशिक्षणमा नेपालले अहिलेसम्म १० वटा अन्तर्राष्ट्रिय पदक जितिसकेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।