काठमाडौँ । बुधबर अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै छ । परिवार दिवसको यस वर्षको नारा ‘विविधतालाई सुदृढ पार्दै परिवारहरूलाई बलियो बनाउँ’ भन्ये नारा सहित यस वर्षको परिवार दिवस मनाउन लागिएको हो । एउटा व्यक्तिको जीवनमा परिवारको भूमिका र महत्त्वलाई स्मरण गरी हरेक वर्ष मे १५ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घले सन् १९९४ लाई परिवार वर्षको रूपमा घोषणा गरे पछि विश्वभर यो दिवस मनाउन थालिएको हो । यसको मुख्य उद्देश्य भनेको विश्वका धेरै क्षेत्रमा परिवारको संरचना र स्थायित्वमा प्रभाव पार्दै आएको सामाजिक आर्थिक संरचनामा परिवर्तन गर्ने हो ।












