२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

गोल्डेनपिक , भ्याली पब्लिक र सेबलाई बीएनए कप

काठमाडौं । गोल्डेनपिक, भ्याली पब्लिक र सेबले सातौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । थ्री बाइ थ्रीको सिनियर ब्वाइजमा गोल्डेनपिक तथा गल्र्समा भ्याली पब्लिक च्याम्पियन बनेका हुन् । सेब जुनियर ब्वाइज उपाधि (फुल कोर्ट) जित्न सफल भयो ।

बसुन्धराको नमुना टोलस्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले टीआईएलाई १९–१८ ले पराजित गर्यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले फेरिल्यान्डलाई १३–१० ले हरायो ।

जुनियर ब्वाइजको फाइनलमा सेबले एन्जल्स हार्टमाथि २३–२२ को कठिन जित दर्ता ग¥यो । सेबका जीवन खत्रीले ९ अंक जोडे ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका सुविन तामाङ, सिनियर गल्र्समा भ्याली पब्लिककी प्रकृति खड्का र जुनियर ब्वाइजमा जीवन खत्री ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सारथी पाठशाला, सिनियर गल्र्समा नेचर बोर्डिङ स्कुल र जुनियर ब्वाइजमा न्युटन हाइ स्कुल अनुशासित टिम बने ।

जुनियर ब्वाइजमा २ छुट्टै विधागत उत्कृष्टको ट्रफी पनि प्रदान गरिएको थियो । एन्जल्स हार्टका अदित पुन उत्कृष्ट ‘थ्री प्वाइन्टर’ तथा बीएनएका सिद्धान्त शर्मा (६० अंक) सर्वाधिक स्कोर भए ।

विजेतालाई टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, टोखा नगरपालिका वडा ५ का अध्यक्ष मदन गुरुङ, तार्केश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन, कीर्तिपुर नगर प्याब्सनका अध्यक्ष रवि भण्डारी, बीएनएका संस्थापक प्रिन्सिपल टंककुमार चापागाईं, बीएनएका स्कुल को–ओर्डिनेटर सन्तोष फुयाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जेठ २८ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २०, सिनियर गल्र्समा १३ र जुनियर ब्वाइजमा १२ गरी ४५ टिमले प्रतिस्पर्धा गरेको बीएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जनाएका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।