२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

जुवातास खेलिरहेको अवस्थामा काठमाडौं र ललितपुरबाट १४ जना पक्राउ

काठमाडौं महानगरपालिका-९ बत्तिसपुतलीस्थित रामेछाप गोकुलगंगा गाउँपालिका-६ घर भएका ४० वर्षीय उमेश सुनुवारले भाडामा लिएको घरमा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ८ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५२ हजार ५ सय ७५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो ।

ललितपुर, ललितपुर महानगरपालिका-२५ फुलवारी मार्गस्थित सुर्खेती सेकुवा कर्नर होटलमा जुवातास खेलिरहेको अवस्थामा मकवानपुर थाहा नगरपालिका-१२ घर भई ललितपुर भैसेपाटी बस्ने ३० वर्षीय श्याम तामाङ समेत ६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बुग्मतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार २ सय ७० रूपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।