
काठमाडौँ । रामेछाप काठमाडौ सृजनशील समाजले दुबै मृगौला फेल एक बिरामीलाई आर्थिक सहयोग गरेको छ ।
दुबै मृगौला फेल भइ अस्पतालमा उपचाररत मन्थली नगरपालिका १२ निवासी कल्पना बुढाथोकीलाई आर्थिक सहयोग गरिएको संस्थाको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।
संस्थाले विभिन्न व्यक्तिमार्फत उठेको रकम ४ लाख ३८ हजार ६७९ रुपैयाँ सोमबार बिरामीलाई हस्तान्तरण गरिएको थियो ।
यस संस्थाले स्थापना कालदेखि नै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।












