२०८२ कार्तिक २९ शनिबार
२०८२ कार्तिक २९ शनिबार

अनलाइन यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ

काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारी छिन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार माकलबारीबाटै पक्राउ गरेको हो ।

आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी दिने भन्दै अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।

स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ । ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकी युवतीविरुद्ध बालबालिका सम्बन्धी ऐन २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।