२०८२ कार्तिक २७ बिहीबार
२०८२ कार्तिक २७ बिहीबार

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिइएको बताएका हुन्।

सभामुख देवराज घिमिरेलाई सोमबार पत्र पठाउँदै अध्यक्ष यादवले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरेका छन्।

साथै आफूहरू सरकारबाट पनि बाहिरिएको उनको भनाइ छ । यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए भने पार्टीका सांसद दीपक कार्की वन राज्यमन्त्री थिए । उनीहरूले सोमबार नै पदबाट राजीनामा दिएका थिए ।

अध्यक्ष यादवले आफूहरू अब प्रतिपक्षमा बस्ने उल्लेख गरेका छन् ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।