रामेछाप । लोक तथा दोहोरी गायक सविन चौहान राष्ट्रिय संगितकर्मी संघको प्रवक्तामा निर्विरोध चयन भएका छन् ।
प्रज्ञाप्रतिष्ठानमा सनिवार भएको संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रिय महाधिवेशनबाट चौहान प्रवक्तामा चयन भएका हुन् ।
चौहान रामेछाप मन्थली नगरपालिका १० चनखु निवासी हुन् । संस्थाको अध्यक्षमा रामेछापकै चर्चित गायक तथा संगीतकार प्रकाश कटुवाल अध्यक्षमा नयाँ कार्यसमिति चयन भएका छन् ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा उमा श्रेष्ठ, प्रथम उपाध्यक्षमा अमृत खाती र उपाध्यक्षमा रमेश दुलाल, कुमार कार्की, जीवन परियार र तीर्थबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा विनोद ढकाल, सह–सचिवमा स्मृती गौतम, कोषाध्यक्षमा गोबिन्द गौतम रहेका छन् ।
संघले नेपाली गित संगीतको क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।