काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ। सरकारबाट समर्थन फिर्ता लिने विषयमा अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा छलफल चलिराखेको छ ।
प्रदेशमा माओवादी र एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भइसकेपछि जसपाले पनि केन्द्रमा सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको एक नेताले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले त्यही विषयमा छलफल गर्नका लागि आज बैठक बोलाएका छन् । अध्यक्ष यादवले आज माओवादीका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई छुट्टाछुट्टै भेटेका थिए। सरकारको विषयमा त्यहाँ कुरा नमिलेपछि उनले पार्टीको बैठक बोलाएका हुन्।