२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट तीन जना पक्राउ

धनुषा : मिथिला नगरपालिका-९ बडहरीस्थित  सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम २ मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा महोत्तरी बर्दिवास नगरपालिका-२ टावरटोल बस्ने २३ वर्षीय दिपक महतो र सोही ठाउँ बस्ने २८ वर्षीय सुभाष परियार रहेका छन् । इलाका प्रहरी कार्यालय ढल्केबर, लागूऔषध नियन्त्रण ब्यूरो जनकपुर र अस्थाई प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले ढल्केबरबाट बर्दिबासतर्फ जाँदै गरेको प्र.३-०२-०१ प ०२८३  र ज.१२ प१४१६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । 

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय २० मिलिग्रामसहित टिकापुर नगरपालिका-९ बस्ने २२ वर्षीय  बिरेन्द्र साउदलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।