
काठमाडौ । धनगढीको एक स्पा सेन्टरमा अवैध धन्दा चलाएको अभियोगमा ६ जना पक्राउ परेको छ ।
शनिबार दिउँसो धनगढी उप-महानगरपालिका-४ चौराहामा रहेको सुदूरपश्चिम स्पा सेन्टरमा अनैतिक क्रियाकलाप भईरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाको टोलीले छापा हानेको थियो ।
सो क्रममा शङ्कास्पद गतिविधिमा संलग्न ४ युवती र १ जना तथा सञ्चालकलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै डस्टबिनमा कन्डमहरू समेत फेला पारेको थियो ।
उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












