काठमाडौं । प्रतिनिधि सभाको बैठकमा कांग्रेसले अवरोध गरेपछि १५ मिनेट पछी बस्ने गरि स्थगित भएको छ ।
कांग्रेस सांसद गगन थापाले बोले पछी कांग्रेस सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्।
सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ । तर, सरकार समितिको पक्षमा छैन ।