२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

अमेरिका तथा क्यानडा पठाईदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ कपन बस्ने ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोक घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी बस्ने ४२ वर्षीय ङिमबुटी शेर्पा र सिन्धुपाल्चोक जुगल गाउँपालिका-१ घर भई काठमाडौं जोरपाटी बस्ने १९ वर्षीय निमा शेर्पा रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले अमेरिका क्यानडा लगायतका देशमा फुड प्याकिङको काममा मासिक ४ लाख रूपैयाँ भन्दा बढि कमाई हुने लगायतका प्रलोभन देखाई भिषा निकाल्न तथा डकुमेन्ट एप्लाई गर्न, टिकट काट्न र डलर साट्न भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको जिम्मारमानस्थित घरमा ६ महिनासम्म र नैरोवीस्थित किन्नो भन्ने स्थानमा २/३ महिनासम्म बन्धक बनाई राखेको समेत खुल्न आएको छ ।

उनीहरू उपर मानव तस्करी गरी ठगी गरेका अपराधमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।