काठमाडौं । आज दिउँसो २ बजेका लागि डाकिएको प्रतिनिधि सभाको बैठक अनिश्चित बनेको छ ।
बैठक सूचारु गर्न सभामुख देवराज घिमिरेले दलका सचेतकसँग २ चरणमा छलफल गरेता पनि छलफलमा सहमति नभएपछि बैठक पछि धकेलिएको हो ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग छ भने सरकार समितिको पक्षमा नहुँदा कुरा मिल्न सकेको छैन ।
छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।
त्यसमा सहमति नजुटेपछि नेताहरु आ-आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।