२०८२ जेष्ठ ९ शुक्रबार
२०८२ जेष्ठ ९ शुक्रबार

एमाले रामेछाप नवौं जिल्ला अधिवेशनमा सबै भन्दा कान्छो उम्मेदवार ; नेत्र बहादुर बुढाथोकी

रामेछाप । रामेछाप एमाले नवौं जिल्ला अधिवेशनमा सबै भन्दा कान्छो उम्मेदवारको रुपमा नेत्र बहादुर बुढाथोकीले जिल्ला सदस्यको उम्मेदवारी दर्ता गराएका छन ।

नेकपा एमाले रामेछापको नवौं जिल्ला अधिवेशनमा मन्थली नगरपालिका वडा नं १० चनखु का नेत्र बहादुर बुढाथोकीले नगर भुगोल खुल्ला क्लस्टरबाट सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् । बुढाथोकी जिल्लाको सबै भन्दा कान्छो उम्मेदवार हुन् ।

बिधार्थी जीवन देखि नै राजनितिमा सक्रिय रहेका बुढाथोकी मदन आश्रित क्याम्पसको इकाई अध्यक्ष हुदै सिटिईभिटी केन्द्रिय समितिको उपाध्यक्ष सम्म भए । बुढाथोकी हाल अनेरास्ववियु केन्द्रिय संघठन बिभागको सचिव समेत रहेका छन् ।

बुढाथोकी युवा माझ लोकप्रिय र सामाजिक व्यक्तित्व भएकाले उनले जित्ने निश्चित जस्तै भएको उनले बताए । मन्थली खुल्ला क्लस्टरबाट जिल्लामा जम्मा ८ जनाको कोटा रहेकोमा १८ जनाले उम्मेदवारी दिएका छन् ।

बुढाथोकी भने, “अग्रज नेताहरुको प्रस्ताव र समकालीन कम्रेडहरुको समर्थनमा पछिल्लो समय युवाहरुप्रती देखिएको आशा र भरोसालाई आत्मसाथ गर्दै युवाहरु भबिस्यको कर्णधार मात्रै नभइ बर्तमानका हिस्सेदार पनि हुन भन्ने कुरा स्थापित गर्न र पार्टीभित्र युवाहरुको बलियो उपस्थिति प्रस्तुत गर्न जिल्ला सदस्यमा मेरो उम्मेदवारी रहेको छ”

https://www.khabarpetika.com/2024/05/08/2447

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।