२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाए ; उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनपछि पनि पार्टीको बहुमत सदस्य आफ्नो पक्षमा रहेको बताएका छन्।

पार्टी विभाजनपछि पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टी फुटायौँ भनेर प्रचार गर्नेहरूको पक्षमा जनमत नहुने बताए ।

उनले भने- लाखौँ पार्टी सदस्य र नेताहरू हामीसँगै छन्, केन्द्रीय समितिमा दुई तिहाइभन्दा बढी हामीसँगै छन्, कार्यकारिणी समितिको बहुमत सदस्य यही बसिराख्नुभएको छ। ५÷७ सांसदहरू मन्त्री बनाइदिने, अनेक प्रलोभन, खर्च पनि निकै गरिएको देखियो, खर्च गरेरै भए पनि पार्टी फुटाए भनेर जुन किसिमको प्रचार गरिएको छ त्यसले जनआधार पाउँदैन, पार्टी अझै सुदृढ भएर जान्छन्।

उनले आफूले कार्यवाहक अध्यक्ष दिएकै व्यक्तिले पार्टी फुटाएर हिँडेको बताए।

उनले भने- पार्टीमा कुरा सुनिएर रे, बाहिर भएको बेलामा कसरी सुन्न सकिन्छ। उहाँलाई कार्यवाहक अध्यक्ष बनाएर गएको हो, आजका समस्याको त उहाँले नै पो हल गर्ने हो त। मन्त्री बनाइदिएन भनौँ भने बनाइदिएकै हो। पहिला बनी बनाइदिएकै हो, अहिले पनि हुनुहुन्छ, सांसद पनि बनाइदिएकै हो। के चाहिँ बनाइदिन सक्ने थिए र यहाँभन्दा मैले।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।