काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सहकारीका आफूविरुद्ध कुनै पनि मुद्दा या उजुरी परे राजीनामा दिने बताएका छन् ।
उनले आफु विरुद्ध कुनै पनि उजुरी नपरेको अवस्थामा संसदीय समिति बनाउन आवश्यक नै नरहेको बताएका छन् ।
सभामुख देवराज घिमिरेले दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।
उनले सहकारीको रकम हिनामिनामा आफ्नोविरुद्ध कतै पनि मुद्दा दर्तासमेत नभएको भन्दै उजुरी हाल्नासाथ संसदीय समिति बनाउने भएमा राजीनामा दिन आफू तयार रहेको बताए । उनले अहिले समिति बनाउने स्पष्ट आधार नभएको जिकिर गरे।
उनले आगामी संसद् बैठकमा सो निर्णयलाई प्रस्तावको रुपमा लैजाने तयारी रहेको पनि उल्लेख गरे ।