२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

विश्व बैंकद्वारा नेपाललाई ८० मिलियन डलर ऋण स्वीकृत

काठमाडौँ । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउने प्रयोजनका लागि ८० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । बैंकको मंगलबार बसेको बोर्ड बैठकले ८० मिलियन अमेरिकी ऋण स्वीकृत गरेको हो ।

यो रकम नेपाल सरकारले वित्तीय क्षेत्रलाई सुदृढ बनाउनका लागि नीति निर्माणमा खर्च गर्नुपर्ने छ । यो रकमले नेपालको वित्तीय क्षेत्रलाई बलियो बनाउन, विविधीकरण गर्न र सुधार गर्न सहयोग गर्ने विश्व बैंकको विश्वास रहेको बताइएको छ ।

विश्व बैंकले प्रदान गर्ने ऋणबाट नेपालको बैंक तथा वित्तीय क्षेत्रलाई नियमन गर्न, महामारी जोखिम व्यवस्थापन लगायत क्षेत्रलाई सुधार गर्ने विश्व बैंकबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

‘यो रकमले नेपाल सरकारलाई आफ्नो देशको निजी क्षेत्रको वित्तीय क्षेत्र सुधारमा भूमिका खेल्छ,’ विश्व बैंक टास्क टिम लिडर फर दि प्रोजेक्ट तात्सिना क्लिअत्स्कोवाले भनिन्, ‘बैंकिङ, बीमा र पुँजी बजारको सुधारको औजार चलाउन सहयोगी बन्छ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।