काठमाडौँ । संस्दको विषयलाई लिएर सभामुख देवराज घिमिरेसहित प्रमुख दलका शीर्ष नेताहरूको छलफल सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलगायत सहभागी छन् ।
प्रतिनिधिसभाको वर्षे अधिवेशन २८ वैशाखमा सुरु हुँदैछ । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।
कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् ।












