काठमाडौं। सत्तनरुढ दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले रहेको बताएका छन्। ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा सोमबार आयोजित एक कार्यक्रममा उनले सबै वामपन्थी र कम्युनिष्टलाई एमालेमा समाहित हुन आह्वान गरे।
‘आफूलाई वामपन्थी र कम्युनिष्ट भन्ने सबै व्यक्तिलाई एमालेको सही धारमा छ। यसै धारमा समाहित हुन म आग्रह गर्न चाहन्छु। सबै आउनुहोस्, सबै एकजुट हौँ,’ उनले भने। उनले आफ्नो पार्टी एमाले एकता स्वार्थका लागि नभई सफलताका लागि एकता अभियान सञ्चालन गर्ने बताए। उनले मुलुकको राष्ट्रिय शक्तिको रुपमा रहेको एमालेलाई निर्णायक तहमा विकास गर्न आफूले चाहेको बताए।
अध्यक्ष ओलीले उपनिर्वाचनको परिमाण मिसन २०८४ को सफलताको सुरुआत रहेको बताए। ‘हाम्रो पक्षमा उपनिर्वाचनको नतिजा आयो। यो हाम्रो मिसन ८४ तर्फको सफलताको सुरुआत हो। मिसन ८४ लाई हामी सफल पारेर छाड्छौं। यस अभियानमा सही ढङ्गले समाहित हुन साथीहरूलाई आग्रह गर्न चाहन्छु,’ उनले भने।