२०८२ मंसिर २६ शुक्रबार
२०८२ मंसिर २६ शुक्रबार

महांकाल, ह्याङले, हेटौडा र थाहा प्रकाश दाहाल स्मृति भलिबलको सेमिफाइनलमा

काठमाडौ । घरेलु टोली महांकाल गाउँपालिका, ह्याङले गाउँपालिका, हेटौडा उप महानगरपालिका, र थाहा नगरपालिका पहिलो प्रकाश दाहाल स्मृति बाग्मती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

राष्ट्रिय रेफ्री श्रीराम बोगटी र जितेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार सेमिफाइनल प्रवेशको क्रममा महांकालले बाग्मती गाउँ पालिकालाई २५–२२, २९–२९ ले हराएको हो । महांकालले सेमिफाइनलमा थाहासँग खेल्ने छ । थाहाले माडी नगरपालिकालाई २५–१७,२५–२१ ले हराएको हो ।

हेटौडाले खाँडादेवी गाउँपालिकालाई २५–१२, २५–१६ ले हराएको हो । अर्को क्वार्टरफाइनल खेलमा ह्याङलेले गाकर्णेश्वर नगरपालिकालाई २५–२३, २९–२७ ले हरायो । हेटौडा र ह्याङले सेमिफाइनलमा भिड्ने छन् ।

१६ टोलीको सहभागिता रहेको प्रतियोगिता मंगलबार सकिने छ । प्रधानमन्त्री दाहालका छोरा ज्ञानी दाहाल र छोरा प्रकाश दाहालको स्मृतिमा स्थापित प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख रुपैयाँ रहेको छ । विजेताले ३ लाख, उपविजेताले २ तथा तेस्रो हुने दुवै टोलीलाई १ लाख रुपैयाँ दिइने भएको छ । साथै विधागत उत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ पुरस्कार रहेको छ ।

प्रतियोगिताको कुल लागत १ करोड ३० लाख रुपैयाँ रहेको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू ललितपुर महाकाल गाउँपालिकास्थित महाकाल माविको प्राङ्गण तथा मानीखेलको भलिबल मैदानमा भइरहेको छ ।

प्रतियोगिता लिग कम नकआउटको आधारमा भएको हो । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । प्रत्येक समूहबाट शीर्ष दुई स्थान पाउने टोली अन्तिम आडमा प्रवेश गर्ने बोगटीले जानकारी दिए ।

आयोजक कमिटीको संयोजक डोल्मा माया गोलले प्रतियोगिताको सफलताले सो क्षेत्रमा भलिबलको विकासमा धेरै सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् र बाग्मती प्रदेश खेलकुद परिषद्को सहयोग रहेको छ । यसै गरी नेपाल भलिबल संघको प्राविधिक सहयोग रहेको छ । ललितपुर जिल्ला खेलकुद विकास समिति सह आयोजक रहेको छ ।

प्रतियोगिताको सुरुवात देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका हेटौडा र थाहा अपराजित टोली हुन् । घरेलु टोली महांकाल भने पहिलो खेलमा हेटौडासँग पराजित हुनुको बाबजुद उत्कृष्ट कम ब्याक गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।