काठमाडौं । कतार उड्न लागेको कतार एयरवेजको जहाजबाट धुँवा निस्किएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारका लागि उड्न लागेको जहाजको पछाडि पट्टिको भागबाट धुवाँ निस्किएको हो । जहाज उड्नका लागि पुस ब्याक गर्दा धुवाँ देखिएको। अहिले जहाजको चेकजाँच भइरहेको छ । सबै परीक्षण भएपछि जहाजलाई पुन: उडाउने उनले बताए ।
काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजमा बाहिरपट्टि धुँवाजस्तो देखिएपछि करिब तीन घन्टासम्म यात्रु जहाजभित्रै बस्नु परेको छ।
यात्रु चढेर जहाज उड्नका लागि पार्किङ बेबाट धावनमार्गतर्फ लान ‘पुस ब्याक’ (तान्दा) गर्ने क्रममा पुच्छरपट्टि भागमा सामान्य धुँवाजस्तो देखिएपछि प्राविधिक परीक्षण गर्नुपर्दा यात्रुहरु जहाजभित्रै करिब तीन घन्टा बस्नु परेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजमा ३ सय १८ यात्रु छन्।
बिहान ११ बजेर ४५ मिनेटका लागि उड्न निर्धारित जहाज २ बजेर ५४ मिनेटमा बल्ल उडेको झाले बताए ।
जहाजलाई पार्किङ बेबाट पुस ब्याक गर्दा बाहिरपट्टि पछाडिको भागमा धुँवा देखिएपछि जहाज रोकिएको र प्राविधिक परीक्षण गरिएको बताए। कतार एयरवेजको उडान नम्बर क्यूआर ६५३ को ‘ए३३०’ सिरिजको वाइड बडी जहाज निर्धारित समयभन्दा ३ घन्टा ९ मिनेट ढिला उडेकाे उनले बताए।
‘अहिले जहाज पूर्ण जाँच गरी उडिसक्यो,’ विमानस्थलका प्रवक्ता सुवास झाले भने ।












