काठमाडौं । सिधाकुरा अनलाइनलाई अडियो उपलब्ध गराएको भनिएका राजकुमार तिमल्सिनालाई प्रहरीको जिम्मा लगाएको छ ।

बयान नसकिएको भन्दै सर्वोच्च अदालतले उनलाई सोमबार बिहान उपस्थित गराउनू भनी प्रहरीको जिम्मा लाएको हो । आदेशमा भनिएको छ, ‘राजकुमार तिमल्सिनाको बयान कार्य प्रारम्भ भएको तर सम्पन्न हुन नसकेकाले २४ वैशाख, २०८१ ९सोमबार० १० बजे बयानलाई निरन्तरता दिने प्रयोजनका लागि निजलाई उपस्थित गराउने गरी यस अदालतका रजिष्ट्रारमार्फत प्रहरीलाई जिम्मा लगाउनू ।’
सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानाको भने बयान सकिएको भन्दै तारिखमा राख्न आदेश दिएको छ । सर्वोच्च अदालतले बयान नसकिएको भन्दै मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखेको छ ।












