२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम सञ्चालन

काठमाडौं : ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ५१ जना प्रहरी कर्मचारीहरूका लागि ट्राफिक प्रशासन तालिम सञ्चालन गरेको छ ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालित २४ औं समूहको उक्त तालिमको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले सोही कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । 

सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले ट्राफिक व्यवस्थापनमा आएका चुनौतीलाई सामना गर्न र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । प्रशिक्षणमा प्रशिक्षार्थीहरूलाई अनुशासित ढंगले ट्राफिक सम्बन्धी सम्पूर्ण सीप हासिल गराई तालिम पश्चात कार्यक्षेत्रमा उत्कृष्ट ढंगले कर्तव्य निर्वाह गर्न सक्षम जनशक्ति उत्पादन गर्नेतर्फ जोड दिइएको उहाँले उल्लेख गर्नुभयो । 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक दलराम टमाटाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी नायव निरीक्षक २१ जना र प्रहरी सहायक निरीक्षक ३० जना गरी कुल ५१ जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।