विराटनगर । कोशी प्रदेशमा कांग्रेसले सरकार टिकाउन प्रयास गरिरहने बताएको छ । संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले आज विराटनगरमा पत्रकार भेटघाट कार्यक्रम गर्दै उनले यस्तो बताएका हुन् ।

संविधानले दिएको बाटोलाई अवलम्बन गरेर जे–जे गर्न सक्छौँ त्यो गर्ने उनले बताए । ‘२५ गतेसम्ममा विश्वासको मत लिने समय छ । त्यो विषयमा के गर्ने भन्ने विषयमा मुख्यमन्त्रीले स्वविवेकीय अधिकार प्रयोग गर्नुहुन्छ,’ तामाङले भने, ‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर गए पनि या राजनीतिक निर्णय गरेर गएपनि हामी उहाँलाई सहयोग गर्छौं । २६ गते पछि हामी एउटा ट्र्याकमा आउला भन्ने लाग्छ ।’
संसद्ले अनुमानको भरमा सङ्कल्प प्रस्ताव पारित भएको बताउँदै २५ गतेसम्म हेर्नुपर्ने बताए ।












