२०८२ मंसिर २३ मंगलवार
२०८२ मंसिर २३ मंगलवार

गण्डकी प्रदेश: मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदैछन् ।

शनिबार बसेको नेकपा एमाले र माओवादीको बैठकले उनलाई विश्वासको मत दिन ह्वीप जारी गरेका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिलाउने निर्णय गरिएको बताए ।

राप्रपाले भने अहिलेको गठबन्धनलाई साथ नदिने तर विपक्षमा बस्ने कि तटस्थ बस्ने भन्नेबारे अझै निर्णय गरिसकेको छैन । एमालेका २२, माओवादीका सभामुखसहित ८ र राजीव गुरुङ (दीपक मनाङे)को समर्थनमा गत चैत २५ गते एमाले नेता अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । सभामुखलाई पनि गणना गरेर नियुक्ति हुनु असंवैधानिक भन्दै निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सुनुवाइ गर्दै सर्वोच्च अदालतले अधिकारीलाई विश्वासको मत लिन पाउने फैसला सुनाएको थियो ।

६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ । तर सत्तारुढ दलहरुले भने सभामुख तटस्थ हुने भएकाले उनको गणना नगरी ५९ प्रदेशसभा सदस्यमध्येबाट बहुमत पुर्‍याए हुने दाबी गरिरहेका छन् । यस अनुसार ३० जनाको समर्थन भएमा मुख्यमन्त्रीले विश्वासको मत पाएको मानिने उनीहरुको भनाइ छ ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।