२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको छः अध्यक्ष ओली

पश्चिम नवलपरासी । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन भत्काउने प्रयत्न भइरहेको बताएका छन् ।

आज भएको नेकपा एमाले पश्चिम नवलपरासीको नवौँ जिल्ला अधिवेशनलाई सुनवलमा उद्घाटन गर्दे अध्यक्ष ओलीले गठबन्धन भत्काउने खेल सुरु भइसकेको बताएका हुन् ।

देशी विदेशी शक्तिहरु र प्रतिक्रियावादी शक्तिले अहिलेको गठबन्धन भत्काए भने आगामी निर्वाचनबाट एमाले निर्णायक शक्तिको रुपमा उदाउने बताउँदै त्यसपछि गठबन्धनको आवश्यकतानै नपर्ने दाबी पनि गरे ।

ओलीले मुलुकका आन्तरिक मामिलामा हुने बाह्य हस्तक्षेपबाट देशलाई मुक्त गर्न राष्ट्रिय शक्ति निर्णायक रुपमा विकास गर्नुपर्ने सबैभन्दा टड्कारो आवश्यकता रहेको बताए ।

ओलीले भारतीय अतिक्रमणको चपेटामा पर्दे आएको पश्चिम नवलपरासीको सुस्तासहित पर्यटकीय तथा धार्मिकस्थल त्रिवेणी धाम र रामग्राम स्तुपको आजै अवलोकन गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।