२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

काठमाडौं महानरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढी रोजगार

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३० जनाले रोजगारी पाएका र थप तीन हजारले रोजगारीका लागि निवेदन दिएका छन्।

महानगरले गत वर्षको भदौ अन्तिममा सुरु गरेको श्रम बैंक अफलाइन र अनलाइनमा परेको निवेदनमार्फत रोजगार उपलब्ध गराइरहको श्रम बैंकका ‘फोकल पर्सन’ पवनकुमार ठाकुरले बताए।

उनका अनुसार रोजगार पाउनेमा स्थानीय र केही भाडामा बसोबास गर्ने व्यक्तिको निवेदन प्राथमिकतामा परेको छ। व्यक्तिको कार्यक्षमताका आधारमा दैनिक ज्यालामा रोजगार दिने गरिएको उनले बताए।

“कार्यालयमै आएर फाराम बुझाउनेहरु थुप्रै हुनुहुन्छ”, उनले भने, “यद्यपि श्रमप्रतिको सम्मान भाव नभएका कारण अझै रोजगार खोज्दै आउने युवाको जमात थोरै देखिन्छ ।”

अनलाइन फाराम भर्ने भनिए पनि भौतिक उपस्थिति अनिवार्य भएकाले बैंकसम्म आउनेको संख्या तुलनात्मकरुपमा थोरै भएको उनको बुझाइ छ । रासस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।