२०८२ मंसिर २५ बिहीबार
२०८२ मंसिर २५ बिहीबार

टर्कीद्धारा इजरायलसँगको आयात निर्यात रोकेको घोषणा

इस्तालबुल । इजरायल र हमासबीच २०० दिनभन्दा बढी समयदेखि भीषण युद्ध चलिरहेको छ । यसैबिच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै इजरायलसँगको व्यापार रोकेको छ । टर्कीको व्यापार मन्त्रालयले दुई देशबिचको आयात निर्यात रोकेको घोषणा गरेको हो ।

इजरायलबाट हुने आयात र त्यसतर्फ हुने निर्यातलाई राँकिएको र यसमा सबै सामानहरू पर्ने एक विज्ञप्तिमा बिहीबार मन्त्रालयले भनेको छ । इजरायल सरकारले गाजामा मानवीय सहायतालाई निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरू कठोर र निर्णायक रूपमा लागू गर्ने बताइएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लङ्घन गरेको इजरायलका विदेशमन्त्री इजरायल काट्जले आरोप लगाएकै समयमा यो घोषणा गरिएको हो । सन् २०२३ मा दुई देशबिचको व्यापार ६ अर्ब ८० करोड डलर डलर थियो । गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो । गाजामा हवाई सहायता रोकेको र सैन्य कारबाही गरेको आरोप पनि उसले इजरायलमाथि लगाएको थियो । एजेन्सी

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।