२०८२ असार ३१ मंगलवार
२०८२ असार ३१ मंगलवार

बागमती प्रदेशसभामा सर्वदलीय बैठक बस्दै, के छ छलफलको विषय..

मकवानपुर । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि आज सर्वदलीय बैठक बस्दै छ । सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालनका लागि दिउँसो १ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठक प्रदेशसभा सचिवालय हेटौँडामा बस्ने छ । बैठकमा संसद् सञ्चालन, विषयगत संसदीय समितिको सभापति चयन लगायतका विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

बैठकमा प्रदेशसभाको वर्षे बजेट अधिवेशन आह्वानका विषयमा छलफल हुनेछ । आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेस गर्न संसद् बैठक आह्वानका विषयमा छलफल हुनेछ ।

चैत १९ मा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत लिएसँगै स्थगित गरिएको प्रदेशसभा बैठक अधिवेशन वैशाख १२ गतेको मन्त्रिपरिषद्को सिफारिस अनुसार अन्त्य गरिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको चालु अधिवेशन वैशाख १२ गते राति १२ बजेबाट अन्त्य गरिएको थियो ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।